Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपालका लागि अष्ट्रेलियाका राजदूतसँगको भेटमा प्रधानमन्त्रीले के–के भने ?

नेपालका लागि अष्ट्रेलियाका राजदूतसँगको भेटमा प्रधानमन्त्रीले के–के भने ?

सोमवार, भाद्र १० २०८१
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गरेकी छन् । 

    बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    उनी कार्यकाल पूरा गरी सोमबार स्वदेश फर्कँदै छिन् । प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गरिन्।

    सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार