Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिए, युरोप जाने बढ्दा मलेसिया जाने घटे

साउनमा ६० हजार नेपाली कामको खोजीमा विदेशिए, युरोप जाने बढ्दा मलेसिया जाने घटे

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५९ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

आइतवार, भाद्र ९ २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा करिब ६० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । 

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथयाङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा ५९ हजार ५ सय ७५ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । 

    images

    यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा केही बढी हो । अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए ।

    साउनमा २५ हजार पाँच सयले संस्थागत रूपमा र १० हजार ७ सय ५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

    साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जाने श्रमिक दुवैको संख्या हो ।

    युरोप जाने बढे

    साउनमा युरोपमा जाने नेपालीको संख्या पनि उल्लेख्य देखिन्छ ।विभागका अनुसार रोमनीयमा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएका छन् ।

    साउनमा रोमनियामा २ हजार २९८ जना वैदेशिक रोजगारीमा गएका छन् । क्रोएसियामा १ हजार १३८ जना, साइप्रस ७ सय, माल्टा २३९, पोर्चुगलमा १५६, पोल्यान्डमा ५० जना गएको विभागको तथ्याङ्क छ ।

    मलेसिया जाने घटे

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीको संख्या भने घटेको छ । साउनमा मलेसियामा १ हजार ३४४ जना गएका छन् । यो कोभिड–१९ पछि अहिलेसम्मै ठूलो गिरावट हो । अघिल्लो आर्थिक वर्षको साउनमामात्र ९ हजार २३८ जना श्रमिक रोजगारीको खोजीमा मलेसिया गएका थिए । गत मार्चमा मलेसियाले आप्रवासी श्रमिक लैजान कटौती पछि यो संख्यामा कमी आएको हो ।

    विभागका निर्देशक गुरुदत्त सुवेदीका अनुसार साउनमा सबैभन्दा धेरै यूएई गएका छन् । साउनमामात्रै यूएईमा १७ हजार ५४१ गएका छन् । दोस्रोमा साउदी अरेबियामा ११ हजार ८०९, तेस्रोमा कतार ११ हजार ७८५ गएका छन् ।

    त्यस्तै कुवेतमा ४ हजार ६९५ रोजगारीको खोजीमा गएका छन् भने जापानमा १ हजार ४७२ र दक्षिण कोरियामा ८१२ जना गएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिने दुवै हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार