Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इतिहास रच्दै बीटीएस बन्यो ‘सङ अफ द इयर’ अवार्ड जित्ने पहिलो के-पप समूह

इतिहास रच्दै बीटीएस बन्यो ‘सङ अफ द इयर’ अवार्ड जित्ने पहिलो के-पप समूह

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । दक्षिण कोरियाली पप समूह बीटीएसले सन् २०२६ को ‘एमटीभी भिडिओ म्युजिक अवार्ड’ मा इतिहास रचेको छ। तीन वटा अवार्ड जित्दै आफ्नो अवार्ड यात्रामा अर्को एक महत्त्वपूर्ण उपलब्धि हात पारेको हो।

    अमेरिकाको लस एन्जलसस्थित पिकक थिएटरमा आयोजित समारोहमा बीटीएसका जिन, भी, जे-होप, सुगा, जिमिन, जङकुक र आरएमले आफ्नो गीत ‘स्विम’ र समूहगत उपलब्धिका लागि तीन वटा ट्रफी जिते।

    images

    बीटीएसले ‘स्विम’का लागि ‘सङ अफ द इयर’ र ‘बेस्ट के-पप’ अवार्ड जित्यो। ‘बेस्ट ग्रुप’ अवार्ड पनि यसै समूहले आफ्नो नाममा पार्‍यो।

    यस वर्षको भीएमएजमा मनोनयनमा परेका सबै विधामा जित हासिल गर्दै बीटीएसले इतिहास रचेको छ। ‘सङ अफ द इयर’ विधामा अवार्ड जित्ने बीटीएस पहिलो के-पप समूह हो।

    ‘बेस्ट ग्रुप’ विधामा भने यो बीटीएसको पाँचौं जित हो। समूहले यसअघि सन् २०१९ देखि २०२२ सम्म लगातार चार वर्ष यो अवार्ड जितेको थियो। जितपछि बीटीएसले आफ्नो एजेन्सी बिगहिट म्युजिकमार्फत प्रशंसक समूह ‘आर्मी’ आभार व्यक्त गरेको छ।

    ‘हामीलाई सधैं अटल माया र समर्थन दिइरहनुभएकोमा आर्मीप्रति हामी हार्दिक आभार व्यक्त गर्छौं। अरिराङ हाम्रा लागि नयाँ सुरुवातजस्तै एल्बम हो, त्यसैले यी अवार्ड हाम्रा लागि अझ अर्थपूर्ण छन्,’ बीटीएसले भनेको छ, ‘विशेषगरी स्विमबाट सङ अफ द इयरजस्तो ठूलो अवार्ड जित्न सम्भव हुनु हाम्रो संगीतलाई माया गर्ने सबैका कारण हो।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार