Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेतन्याहुको ‘गोप्य’ यूएई भ्रमणप्रति इरानको घोर आपत्ति, के भन्यो?

नेतन्याहुको ‘गोप्य’ यूएई भ्रमणप्रति इरानको घोर आपत्ति, के भन्यो?

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘सुटुक्क’ गरेको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणको निन्दा गरेको छ।

    नेतन्याहुले हालै यूएई भ्रमण गरेको खुलासा भएपछि इरानको विदेश मन्त्रालयले मध्यपूर्वी देशहरूलाई चेतावनी दिँदै यसले अस्थिरता सिर्जना गर्ने दाबी गरेको हो।

    images

    मंगलबार राति जारी विज्ञप्तिमा इरानको विदेश मन्त्रालयले भनेको छ, ‘क्षेत्रको सुरक्षा सबै देशहरूको साझा जिम्मेवारी हो। असुरक्षित शक्तिहरूलाई क्षेत्रमा प्रवेश गर्न बाटो सिर्जना गर्ने कुनै पनि कार्य अन्ततः क्षेत्रका सबै देशहरूका लागि हानिकारक हुनेछ।’

    ‘यसले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता सिर्जना गर्नेछ। त्यसैले यस क्षेत्रका सरकारहरूले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न आफ्नो जिम्मेवारी बुझ्ने आशा छ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘उनीहरू (बाँकी देशका सरकारहरू) ले इजरायली शासनको हानिकारक उपस्थितिका लागि बाटो बनाउनबाट जोगिनुपर्छ र आफ्नो माटोलाई अन्य देशविरुद्ध गतिविधि गर्ने मञ्च बन्नबाट रोक्नुपर्छ।’

    नेतन्याहुले गत आइतबार यूएईको गोप्य भ्रमण गरी त्यहाँका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका थिए।

    जुन भ्रमण यूएई र इजरायलले दुई दिनपछि मात्र पुष्टि गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार