Oct 28 2026 | २०८३ कार्तिक १२ गते

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्यूयोर्क आइपुगेका छन् । इरानको विदेश मन्त्रालयका अनुसार उनले महासभामा सहभागी हुने इरानी कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

    न्यूयोर्क आगमनपछि विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोनमार्फत संवाद गरेका छन् । सो अवसरमा महासभाको कार्यसूची तथा विभिन्न अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    images

    विदेशमन्त्री अराघ्चीले संयुक्त राष्ट्रसंघको महासभालाई इरानी जनताको अधिकार र हितसँग सम्बन्धित विषयमा आफ्नो देशको धारणा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताइएको छ।

    यसअघि इरानी सञ्चारमाध्यमहरूले राष्ट्रपति मसुद पेजेस्कियानले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जानकारी दिएका थिए। पछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले विदेशमन्त्री अराघ्ची महासभामा सहभागी हुने कूटनीतिक प्रतिनिधिमण्डलको नेतृत्वमा रहेको जानकारी दिएका छन्।प्रवक्ता बाघाईका अनुसार विदेशमन्त्री अराघ्चीले महासभामा सहभागी विभिन्न देशका अधिकारी तथा विदेशम

    न्त्रीहरूसँग भेटवार्ता गर्नेछन् । भेटवार्ताका क्रममा पारस्परिक चासोका विषय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिबारे विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ।

    अमेरिकाले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी प्रतिनिधिमण्डललाई अनुमति दिएको छ । यद्यपि, न्यूयोर्क बसाइका क्रममा प्रतिनिधिमण्डलका लागि केही विशेष प्रावधान लागू गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।अराघ्ची आइतबार साँझ इरानबाट न्यूयोर्कका लागि प्रस्थान गरेका थिए । न्यूयोर्क पुग्नुअघि उनले कतारमा छोटो समय बिताएका थिए।

    यसैबीच, इरानले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यासको ढुवानी पुनः सञ्चालन गर्ने विषयमा अमेरिकासमक्ष केही सर्तहरू प्रस्तुत गरेको जनाएको छ । इरानका अनुसार कतारले मध्यस्थको भूमिका निर्वाह गर्दै ती विषयहरू अमेरिकासमक्ष पु¥याएको हो।

    अमेरिकाले इरानी बन्दरगाहसँग सम्बन्धित केही प्रतिबन्धात्मक कदमहरू अघि बढाइरहेको जनाएको छ । यस पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा हुने कूटनीतिक संवाद तथा उच्चस्तरीय भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार