Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा

दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा

आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

    वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका थिए।

    images

    तर साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । भदौमा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

    भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला छन् । तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ४१५ जनाले बिदामा फर्किएर पुनः श्रम स्वीकृति लिएका छन्।

    नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ । भदौमा यूएईका लागि १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला गरी १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्।

    यस्तै, कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन्।

    युरोपेली मुलुक रोमानियाका लागि १ हजार ७९३ तथा जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन्।

    जिल्लागत विवरणअनुसार मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको छ।

    देशभरमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जना विदेशिएका छन् । यस्तै, झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन्।

    हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने न्यून छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।

    वैदेशिक रोजगारीमा जानेमध्ये दक्ष जनशक्तिको हिस्सा आधाभन्दा बढी रहेको छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिनेमध्ये ५६.९ प्रतिशत अर्थात् ३४ हजार १६७ जना दक्ष श्रमिक छन्।

    यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष जनशक्ति रहेका छन्।

    नयाँ श्रम स्वीकृति लिनेहरूमध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत र ९ हजार २२४ जनाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार