Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

शुक्रवार, आश्विन २ २०८३
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२० बस्ने ४९ वर्षीया रिता गौतम र ३१ वर्षीय विमोचन राज कुँवर रहेका छन् ।

    images

    उनीहरूले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार