Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्दै ट्रम्प प्रशासन

इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्दै ट्रम्प प्रशासन

बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २ अर्ब ८० करोड डलर बराबरको गोला बारुद तथा बम बिक्री गर्ने तयारी गरेको छ । एक अमेरिकी अधिकारीले बताए अनुसार प्रस्तावित प्याकेजमा २००० पाउन्ड (करिब ९०७ किलोग्राम)का हजारौँ अत्यधिक शक्तिशाली बम पनि हुनेछ।

    अधिकारीका अनुसार प्रस्तावित बिक्रीबारे अमेरिकी कांग्रेसका सम्बन्धित समितिहरूलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ । प्याकेजमा २०,००० एमके ८४ एस र २०,००० बीएलयू–११७ बम पनि छन्।

    images

    यसअघि यो समाचार द वासिङ्टन पोस्टले पहिलो पटक सार्वजनिक गरेको थियो । अमेरिकी विदेश मन्त्रालय र इजरायली दूतावासले यस मामिलामा तत्काल टिप्पणी गरेका छैनन् । २,००० पाउन्डका यी बमहरू इजरायलले गाजा तथा लेबनानमा प्रयोग गरेको भन्दै मानवअधिकार विज्ञहरूले यसअघि पनि चिन्ता व्यक्त गरेका छन्।

    गाजा युद्ध सुरु भएयता इजरायलप्रति अमेरिकी जनमतमा पनि परिवर्तन आएको रोयटर्सले जनाएको छ । जूनमा गरिएको क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाताले अमेरिकाले इजरायललाई अत्यधिक समर्थन गरिरहेको बताएका थिए।

    डेमोक्रेट मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६६ प्रतिशत थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय अनुसन्धानले गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाएको छ, जसलाई इजरायलले अस्वीकार गर्दै आफ्नो सैन्य कारबाहीलाई आत्मरक्षाका रूपमा प्रस्तुत गर्दै आएको छ।

    यो प्रस्तावित हतियार  बिक्री अन्तिम रूपमा स्वीकृत भइसकेको सम्झौता भने होइन । अमेरिकी अधिकारीहरूले बिक्रीका लागि आवश्यक प्रक्रिया जारी रहेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार