काठमाडौं । सन् २०१९ देखि अगस्ट २०२६ सम्म इजरायलले आफ्नो मेकअफमा मात्रै लाखौं डलर खर्च गरेका छन् । स्वदेश तथा विदेश इजरायलको प्रतिनिधित्व गर्ने क्रममा हयर स्टाइल, मेकअपमा मात्रै उनले ४ लाख ७० हजार डलर खर्च गरेका छन्।
यो तथ्यांक वकिल यारा विन्कलर–शालितले सन् २०२५ को डिसेम्बरमा सूचनाको हकसम्बन्धी निवेदन दायर गरेपछि इजरायली प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार हेयर स्टाइलिङ र मेकअप कूल खर्चको करिब ९० प्रतिशत बेन्जामिन नेतन्याहु र उनकी पत्नी साराका लागि खर्च भएको छ।
विभिन्न दस्तावेजमा राज्य सुरक्षाका नाममा प्रधानमन्त्रीका व्यक्तिगत हेयरस्टाइलिस्ट र मेकअप आर्टिस्टका नामसहितका केही विवरणलाई राखिएको थिएन।
तथ्यांकमा मासिक खर्चको विवरणका साथै सन् २०२३ को अन्त्यतिर युद्ध सुरु भएको समय आसपासको खर्च पनि समेटिएको छ।
यसअनुसार सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेतन्याहुको हेयर स्टाइलिङमा मात्रै राज्यले झन्डै २ हजार ६०० डलर र मेकअपमा १ हजार ५८० डलर भुक्तानी गरेको थियो । अभिलेखअनुसार सन् २०२३ को अक्टोबर महिनामा मात्रै कपाल मिलाउन ८१० डलर खर्च गरिएको थियो । प्रधानमन्त्रीको कार्यकालअनुसार समग्र खर्च फरक देखिएको छ।
नफ्ताली बेनेट र याइर लापिडकोे पालामा सन् २०२२ मा यस्तो खालको खर्च केवल २७ हजार ६०० डलर मात्रै थियो।तर सन् २०२३ मा कुल खर्च करिब १ लाख ३ हजार डलरमा उक्लियो । सन् २०२५ मा खर्च सबैभन्दा बढी देखिएको छ। त्यस वर्ष करिब १ लाख ११ हजार डलर खर्च भएको थियो।
विदेश भ्रमणमा गएको बेलामा खर्च बढ्दा उक्त वर्ष समग्र खर्च बढेको हो । २०२५ को फेब्रुअरीमा भएको वासिङ्टन भ्रमणका बेलामा मात्रै नेतन्याहुले मेकअप तथा स्टाइलिङमा १३ हजार ५०० डलर खर्च गरेका थिए।
२०२४ को जुलाई वासिङ्टन भ्रमणको बेलामा पनि ११ हजार ५०० डलर खर्च भएको थियो । प्रधानमन्त्रीको गरगहना, लत्ता कपडा, लगायतमा भएको खर्च भने इजरायल सरकारले सार्वजनिक गरेको छैन।



