Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

प्रिमियर लिग: शीर्षको होडमा सिटी र आर्सनल, फुलहाम र कोभेन्ट्री अंकविहीन

प्रिमियर लिग: शीर्षको होडमा सिटी र आर्सनल, फुलहाम र कोभेन्ट्री अंकविहीन

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । इंग्लिस प्रिमियर लिगको तेस्रो राउन्डका खेल सकिँदा म्यानचेस्टर सिटी र आर्सनलबिच शीर्ष स्थानमा पुग्न कडा प्रतिस्पर्धा भइरहेको छ।

    गएराति भएको खेलमा चेल्सीलाई २–१ ले हराउँदै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा छ। लन्डन डर्वीमा भएको खेलमा चेल्सीले हार भोगेको हो। जारी सिजन चेल्सीको यो पहिलो हार हो। ३ खेलबाट ६ अंक जोडेको चेल्सी भने तालिकाको चौथो स्थानमा छ।

    images

    आर्सनल ९ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि गोलअन्तरमा अघि रहँदै म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा छ।

    २ खेलमा जित र १ खेलमा बराबरी गरेको हल सिटी ७ अंकमा तालिकाको तेस्रो स्थानमा छ।

    गएरातिकै अर्को खेलमा एभर्टनले भने म्यानचेस्टर युनाइटेडलाई २–२ को बराबरीमा रोक्दै अपराजित यात्रा कायम राखेको हो। यो सिजन युनाइटेडले १ खेलमा जित, १ खेलमा हार र १ खेलमा बराबरी गर्दै अंक बाँडेको छ। ४ अंक भएको युनाइटेड तालिकाको ११औँ स्थानमा छ।

    तेस्रो चरणको खेल सकिँदा ब्रेन्टफोर्ड, लिभरपुल, न्युक्यासल युनाइटेड, एभर्टन र लिड्स युनाइटेडको समान ५/५ अंक छ।

    ब्राइटन एन्ड होभ एल्बियन, म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्डको समान ४/४ अंक छ। क्रिस्टल प्यालेस र इप्सविच टाउनको समान ३/३ अंक छ।

    बर्नमाउथ र नटिङघम फरेस्टको समान २२/ अंक हुँदा एस्टोन भिल्ला र टोटनह्याम हट्सपुरको समान १/१ अंक छ। फुलहाम र कोभेन्ट्री सिटीले अहिलेसम्म अंकको खाता खोल्न सकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार