Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि डेढ लाखभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि डेढ लाखभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र

इन्डोनेसियाली अधिकारीका अनुसार ज्वालामुखी विस्फोट शुक्रबार राति अबेर सुरु भएको थियो र त्यसपछि वरपरको क्षेत्रमा भूकम्पजस्तो महसुस भएको थियो।

सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । इन्डोनेसियामा भएको ज्वालामुखी विस्फोटका कारण आठ विमानस्थलमा लगभग १ लाख ७० हजार यात्रु अलपत्र परेका छन्। यी विमानस्थलहरूबाट हुने उडान अस्थायी रूपमा स्थगन गरिएको छ।

    ज्वालाखुमी विस्फोटपछि आइतबार बिहान सबैभन्दा पहिले जकार्ताको सोकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो।

    images

    विमानस्थलनजिकैको हवाई क्षेत्रमा अनक क्राकाटोआ ज्वालामुखीको खरानी आएपछि यस्तो निर्णय गरिएको हो।

    इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५ सय ५८ उडान ढिला भएका छन्। सोमबार स्थानीय समय अनुसार बिहान ९ बजेसम्म विमानस्थल बन्द रहनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार