Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

एयर इन्डियाको फुकेट–दिल्ली उडानका पाइलट नशामा रहेको पुष्टि

एयर इन्डियाको फुकेट–दिल्ली उडानका पाइलट नशामा रहेको पुष्टि

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको फुकेट–दिल्ली उडानका कमान्डिङ पाइलटले नशाको अवस्थामा विमान उडाएको पुष्टि भएको छ । एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआईबी) को अनुसन्धानका क्रममा पाइलटको परीक्षणमा साइकोएक्टिभ पदार्थ सेवन गरेको सङ्केत देखिएको हो।

    गएको अगस्ट ४ मा फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई २३७९ उडानमा गम्भीर टर्बुलेन्स भएको थियो । एयरबस ए–३२० विमान एक्कासि करिब ३०० फिट तल झरेपछि विमानमा सवार यात्रुहरू घाइते भएका थिए।

    images

    एएआईबीले प्रारम्भिक अनुसन्धानपछि कमान्डिङ पाइलटले नशालु पदार्थ खाएका थिए कि थिएनन् भनेर परीक्षण गरिएको थियो । परीक्षणको नतिजा पोजेटिभ आएको जनाएको छ । यस घटनालाई गम्भीर चिन्ताको विषय भन्दै एएआईबीले घटनाका प्राविधिक तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

    एएआईबीले आफ्नो अन्तरिम सुरक्षा सिफारिसमा भारतको नागरिक उड्डयन नियामक निकाय डीजीसीएलाई यस विषयमा आवश्यक कारबाही गर्न भनेको छ । घटनाको समयमा विमानमा दुई पाइलट र ६ जना क्याबिन क्रूसहित कुल १४५ जना सवार थिए।

    दिल्ली विमानस्थलमा अवतरण गरेपछि विमानका २४ जनालाई चिकित्सकीय सहायता आवश्यक परेको थियो । यिनीहरूमध्ये चार जनालाई गम्भीर चोट लागेको थियो।

    अचानक विमान करिब ३०० फिट तल झर्दा यात्रुहरूबिच केही समय अत्यासको अवस्था सिर्जना भएको थियो । घटनापछि एएआईबीको अनुसन्धान टोलीले दिल्ली विमानस्थलमा उडान दल तथा क्याबिन क्रूसँग कुराकानी गरेको थियो । त्यसपछि विमानका दुवै पाइलटसँग छुट्टाछुट्टै सोधपुछ पनि गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार