Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उद्योगमन्त्री भण्डारीले के भने ?

अमेरिकी राजदूत थम्पसनसँगको भेटमा उद्योगमन्त्री भण्डारीले के भने ?

बुधवार, श्रावण १६ २०८१
  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेट भएको छ ।

    आज बिहान मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल र संयुक्त राज्य अमेरिकाबिच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै सम्बन्ध सरकारको तहमा मात्र नभई जनस्तरमा समेत उत्तिकै प्रगाढ रहेको बताए।

    images

    दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, अहस्तक्षेप, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको जनाउँदै मन्त्री भण्डारीले अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको र नेपालको आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्‍याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गरे।

    संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

    मन्त्री भण्डारीले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुक हुने अवस्था एवम् नेपालको भूपरिवेष्टित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनको लागि अमेरिकी सरकारसँग आग्रह गरे।

    आगामी दिनमा नेपालमा अमेरिकी लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिको लागि अधिकतम प्रयासको अपेक्षा व्यक्त गरे । विशेषगरी जलविद्युत तथा स्वच्छ ऊर्जाको क्षेत्रमा गरिने लगानीले नेपालको विकासमा मात्र नभई जलवायु परिवर्तनको बृहत्तर एजेन्डामा समेत योगदान पुर्‍याउने भन्दै आपसी सहकार्यको लागी आग्रह गरे ।

    जवाफमा राजदूत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए। विगतमा रोक्का हुने भनिएको युएस–एआइडीको कार्यक्रम निरन्तर हुने बताउनुहुँदै उहाँले नेपाल र अमेरिकाबिच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्य ढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७मा नेपालमै बस्ने बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार