Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी राजदूतसँगको भेटमा ऊर्जामन्त्री खड्काले के भने ?

अमेरिकी राजदूतसँगको भेटमा ऊर्जामन्त्री खड्काले के भने ?

मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

    images

    त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए।

    उनले ऊर्जा क्षेत्र नेपालको आर्थिक विकासको सबैभन्दा ठूलो क्षेत्र भएकाले यसलाई अगाडि बढाउन अमेरिकाको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे।

    ‘युएसएआईडीमार्फत अमेरिकाले नेपालको विकासमा ठूलो सहयोग गरेको छ, आगामी दिनमा पनि यस्तो सहयोग हुने विश्वास लिएको छु’, मन्त्री खड्काले भने।

    ऊर्जा क्षेत्रको विकासमा भएका कानुनी झन्झटलाई हटाएर सरकार अगाडि बढ्ने उनको भनाइ थियो।

    भेटमा अमेरिकन राजदूत थम्पसनले नेपालको आर्थिक र सामाजिक विकासका लागि अमेरिका सधैँ सहकार्य गर्न तयार रहेको बताए। आगामी दिनमा नेपालको ऊर्जा क्षेत्रको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार