Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीमा ठगिदै युवा, एक वर्षमा ७ हजार ७ सय बढी उजुरी दर्ता !

वैदेशिक रोजगारीमा ठगिदै युवा, एक वर्षमा ७ हजार ७ सय बढी उजुरी दर्ता !

शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौँ ।  आर्थिक बर्ष २०८०/८१ मा सात लाख ४१ हजार बढी नेपाली युवा विभिन्न मुलुकमा काम खोजीमा विदेशीएका छन् । 

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार एक बर्षको अवधीमा विदेशीने युवाको संख्या अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा भने घटेको देखिएको छ । अघिल्लो आवमा सात लाख ७१ हजार नेपाली विदेशीएको थिए । 

    images

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशीने युवाहरूको संख्या बढेसँगै ठगिने क्रम पनि बढ्दै गइरहेको छ । वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौ रुपैँयाहरु ठगेर भाग्ने गरेको पीतिहरू बताउछन् । 

    विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गरेको समय–समयमा सुनिन्छ । कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहनै वनाएर सक्रिय बनेको वैदेशिक रोजगारका क्रममा ठगिएकाहरु बताउछन् । 

    विभागको अनुसार पछिल्लो एक वर्षमा विभागमा वैदेशिक रोजगारीसम्बन्धी ७ हजार ७६३ वटा उजुरी दर्ता भएका छन् । ती उजुरी गत आर्थिक वर्ष २०८०/८१ मा परेका हुन् । 

    २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्म परेका उजुरीमध्ये ३ हजार ८३६ वटा उजुरी फछ्र्याट गरिएको छ । ती उजुरी पछ्र्यौट गर्दा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ क्षतिपूर्ति भराइएको छ । 

    गत असार महिनामा मात्र विभागमा वैदेशिक रोजगारीसम्बन्धी ९२१ वटा उजुरी परेका थिए । जसमध्ये ५१६ वटा फछ्र्यौट गरिँदा ३ करोड २१ लाख ९८ हजार १०० रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । 

    वैदेशिक रोजगार विभागले उपलब्ध गराएको विवरण अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा उद्धार, राहत तथा समन्वय शाखामा १ हजार ४४२ वटा उजरी परेका थिए । यीमध्ये ७८७ को फछ्यौट हुँदा ४ करोड ६८ लाख १८ हजार २८५ रुपैयाँ क्षतिपूर्ति भराइएको थियो ।

    त्यही अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा २ हजार ९१६ वटा उजुरी परेकामा ४५५ वटामा मिलापत्र भएको थियो । ३९० वटा मुद्दा अदालतमा दायर गरिएको थियो । ती उजुरीमा २४ करोड ४९ लाख ६९ हजार ५२९ क्षतिपूर्ति भराइएको थियो ।

    यस्तै, प्रहरी शाखामा गत आर्थिक वर्ष ३ हजार ४ सय ५ वटा उजुरी दर्ता भएका थिए । उजुरीमध्ये ८६ मा मिलापत्र भएको थियो भने २ हजार २१७ फछ्र्यौट गरिएको विभागले जनाएको छ । उजुरी फछ्र्यौट गर्दा १ करोड ७५ लाख १ हजार ६९८ रुपैयाँ रकम असुल गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार