Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा जाने उच्च दक्ष श्रमिकको संख्यामा वृद्धि, एक बर्षमा कति बाहिरिए ?

वैदेशिक रोजगारीमा जाने उच्च दक्ष श्रमिकको संख्यामा वृद्धि, एक बर्षमा कति बाहिरिए ?

आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिएर बाहिरिएका सात लाख ४१ हजार श्रमिकमध्ये ८० प्रतिशत जनशक्ति कुनै न कुनै सीप भएका जनशक्ति थिए।

शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष जनशक्तिको संख्या बढ्दै गएको छ। 

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथयाङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति लिएर बाहिरिएका सात लाख ४१ हजार श्रमिकमध्ये ८० प्रतिशत जनशक्ति कुनै न कुनै सीप भएका जनशक्ति थिए। 

    images

    अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ७३.७३ प्रतिशत जनशक्तिमात्र दक्ष थिए। उक्त आर्थिक बर्षमा रोजगारीको खोजीमा सात लाख ७१ हजार नेपाली बिदेशिएका थिए । 

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कामको खोजीमा विदेशीने नेपालीको संख्या अघिल्लो आर्थिक बर्षको तुलनामा घटेपनि उच्च दक्ष श्रमिकको संख्या भने बढ्न पुगेको छ । 

    विभागका अनुसार वैदेशिक रोजगारीमा विदेशिएका महिला जनशक्तिमध्ये अदक्ष महिलाको संख्या गत आवमा २८ प्रतिशत थियो। अघिल्लो आवको तुलनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ११.१४ प्रतिशतले बढे पनि अदक्ष महिलाको संख्या भने २ प्रतिशतले घटेको छ।

    यस्तै, वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका ८० हजार १७२ महिलामध्ये उच्च दक्ष, व्यावसायिक, अर्धदक्ष र दक्षसमेत गरी कुनै न कुनै दक्षता भएका ५७ हजार ४७९ महिला छन्। 

    यसैगरी कुल ६ लाख ६१ हजार १२५ पुरुष श्रमिकले श्रम स्वीकृति लिएकोमा ५ लाख ३८ हजार २७१ जना कुनै न कुनै दक्षता हासिल गरेका श्रमिक हुन्।

    वैदेशिक रोजगारमा गएका पुरुष श्रमिकमध्ये अदक्ष श्रमिकको संख्या आव २०८०/८१ मा १९ प्रतिशत थियो। अघिल्लो आव २०७९/८० मा श्रम स्वीकृति लिएका पुरुषमध्ये २६ प्रतिशत पुरुष अदक्ष रहेकामा गत आवमा अदक्ष कामदारको प्रतिशत घटेको छ।

    उच्च दक्षता भएका श्रम शक्तिको पलायन पनि ह्वात्तै बढेको छ। अघिल्लो आवमा ३० महिलासहित जम्मा २५७ उच्च दक्ष जनशक्तिले श्रम स्वीकृति लिएकोमा गत आवमा ७३२ उच्च दक्ष जनशक्तिले स्वीकृति लिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार