Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा परराष्ट्रमन्त्री राणाले के भनिन् ?

भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा परराष्ट्रमन्त्री राणाले के भनिन् ?

बुधवार, श्रावण २ २०८१
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

    सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । 

    images

    त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । 

    भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । 

    परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गरेकी हुन् । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार