Oct 28 2026 | २०८३ कार्तिक १२ गते

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह

मंगलवार, श्रावण १ २०८१
  • काठमाडौँ । जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई वैदेशिक रोजगार विभागले सूचीकृत हुन आह्वान गरेको छ । 

    महानिर्देशक स्तरीय निर्णयबाट सूचीकृत हुन चाहने संस्थालाई विभागले निवेदन दिन आह्वान गरेको हो । नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको हो ।

    images

    वैदेशिक रोजगार ऐन, २०६४ को दफा ११ बमोजिम वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सकिने विभागले जनाएको छ ।

    यसअघि सूचिकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले पुनः सूचीकृत हुनु नपर्ने विभागले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार