Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नागरिकता बनाउन अब जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता !

नागरिकता बनाउन अब जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता !

बुधवार, कार्तिक १२ २०८३
  • काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।

    images

    नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    काठमाडौं - अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ । अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले अब काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै निश्चित सर्त पूरा गरेका नागरिकलाई उपत्यकाबाट नागरिकताको प्रतिलिपि उपलब्ध गराउने जनाएको हो ।

    नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम यस्तो व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    नागरिकताको प्रमाणपत्र आगलागी, बाढी वा पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन् ।

    व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले  काठमाडौं जिल्ला प्रशासन कार्यालय तथा यसअन्तर्गतका कार्यालयबाट सेवा लिन सक्नेछन् । 

    त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका नागरिकले ललितपुर जिल्ला प्रशासन कार्यालय र कोशी र मधेस प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट यो सेवा लिन सक्नेछन् ।

    नागरिकताको प्रतिलिपि लिन तोकिएका जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका व्यक्तिको हकमा निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग मेल खानुपर्नेछ ।

    तर, अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर नागरिकताको प्रतिलिपि लिन चाहने व्यक्तिले भने आफूले सुरुमा नागरिकता प्राप्त गरेको जिल्लामै सम्पर्क गर्नुपर्नेछ । त्यस्तै, पहिलो दृष्टिमै नागरिकताको विवरण शंकास्पद देखिएका निवेदकले पनि नागरिकता जारी भएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार