Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईको अजमानमा राहदानी नविकरण घुम्ती शिविर  सम्पन्न

यूएईको अजमानमा राहदानी नविकरण घुम्ती शिविर  सम्पन्न

सोमवार, आषाढ ३१ २०८१
  • सयुक्त अरब इमिरेट्स (यूएई) को अजमान राज्यमा राहदानी नविकरण घुम्ती शिविर सम्पन्न भएको छ ।

    नेपाली राजदूतावास आवुधाबी र नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईको सहकार्यमा हिजो  आइतवार अजमानस्थित ईन्डियन सोसिएल सेन्टरमा राहदानी नविकरण घुम्ती शिविर सम्पन्न भएको हो ।

    images

    उक्त शिविरमा ४२२ जना सेवाग्राहीहरुले राहदानी नविकरण लगाएत अन्य सेवा लिएका नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।4ca447a7-4db0-4c0a-9fec-225375409006.jfif

    शिविरमा उपस्थित श्रमिकहरु निकै खुशी र उत्साहित थिए । राहदानी नविकरण गर्नकैलागि दिन भरीको काम अनि ज्याला छोडेर करबि तीन सय किलोमिटरको यात्रा तय गर्नपर्ने थियो । त्यो पनि राहदानी बन्ने वा नबन्ने त्रासमा । सेवाग्राही जंग बहादुर मण्डल भन्छन्;  ‘ अजमान प्रान्तमा राहदानी नविकरण गर्ने सुविधा पाएँ । म जस्ता व्यक्तिले खाडी मुलुकमा राहदानी नविकरण गर्न पाउँदा निकै खुशी छौं । यो मेरो चौंथो राहदानी हुनेछ । पहिलो पटक सन् २००१ मा बनाएको थिए। ' 280f67b6-fc29-4598-93e0-1ad6ac9a628e.jfif

    यूएईको उत्तरी क्षेत्र आजमान र शारजाह आसपास क्षेत्रमा बसोवास गर्ने नेपाली श्रमिकहरुको सुविधाका लागि आयोजित राहदानी नबिकरण घुम्ती शिविर कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको भन्दै नेपाल एसोसिएसन –एनआरएनए एनसीसी युएईले शिविर सम्पन्न गर्नकालागि सहयोग गर्ने नेपाली दूतावास आबुधावीका राजदूत तेज बहादुर क्षेत्री, सम्पूर्ण दूतावास कर्मचारी, एनआरएनए आईसीसी पदाधिकारी तथा सदस्य लगाएत क्रियासिल सामाजिक संघसस्था र व्याक्तित्व सबैलाई विशेष धन्यवाद ज्ञापन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार