Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदी अरबमा डेढ महिनादेखि बेपत्ता भए स्माइल

साउदी अरबमा डेढ महिनादेखि बेपत्ता भए स्माइल

मंगलवार, आषाढ २५ २०८१
  • रोजगारीकोलागि साउदी अरब पुगेका स्माइल राइ बेपत्ता भएका छन् । सोलुखुम्बु जिल्ला नेचा सल्यान-१ जन्तेरुका २४ वर्षीय राइ गत डेढ महिनादेखि साउदी अरबमा बेपत्ता भएका हुन् । 

    गत मे २३ तारिक जजीरा एयरलाइन्समार्फत कुवेत हुँदै साउदी अरब पुगेका राइलाई सम्बधित कम्पनीले एयरपोर्टमा लिन नआउँदा अलपत्र परेको निजका भाइ हिमाल राइले वैदेशिक रोजगार पोष्टलाइ बताए । हिमालका अनुसार लामो समयसम्म पनि कम्पनी लिन नआएपछि पाकिस्तानी नागरिकको सहयोगमा एयरपोर्टबाट बाहिर निस्केको बताए । पाकिस्तानी नागरिक ट्याक्सी ड्राइभर हुन् । उनले एउटा पेट्रोल स्टेशनमा दाइलाई छोडिदिएको सूचना पाएको बताए ।

    images

    स्माइल सामाखुशीस्थित Wisdom Human Resources (P) Ltd. मार्फत साउदी अरबको Jamool कम्पनीमा किचन हेल्परको काम गर्न गएका थिए । राइको परिवारले बेपत्ता छोरा खोजीदिन वैदेशिक रोजगार विभाग, साउदी स्थित नेपाली दूतावास र म्यानपावर कम्पनीलाई अनुरोध गरेको छ ।

    यता Wisdom Human Resources (P) Ltd. का श्रम शाखा प्रमुख खेमराज अर्यालका अनुसार बेपत्ता राइको खोजीकार्य गर्न परराष्ट्र मन्त्रालय र सम्बन्धित देशको दूतावासलाई पत्रचार गरिसकेको बताए । उनले साउदी अरब पुगेपछि राइ भागेकोले उनको अवस्था अज्ञात रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार