Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो, ११ महिनामा एक खर्ब ३४ अर्ब प्राप्त

वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो, ११ महिनामा एक खर्ब ३४ अर्ब प्राप्त

आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको छ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो।

    गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना अर्थात २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ।

    images

    अर्थ मन्त्रालयले जारी गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको छ।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । उक्त वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ऋण र अनुदानको अंश क्रमसः ६९.७ प्रतिशत र ३०.३ प्रतिशत रहेको थियो।

    आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा सबैभन्दा बढी ऊर्जा र सडक पूर्वाधारमा ४५.३ प्रतिशत रहेको छ । त्यसैगरी, सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, जलवायु परिवर्तन क्षेत्रमा १२ प्रतिशत, सहरी विकास क्षेत्रमा ९.५ प्रतिशत, डिजिटल सेवामा ४.५ प्रतिशत, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा २.८ प्रतिशत, कृषि, पर्यटन, मानव संशाधन क्षेत्रमा ०.८ प्रतिशत र सुशासन तथा अन्य अन्तर्गत २ प्रतिशत रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार