Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मध्यपूर्वमा सम्मान

मध्यपूर्वमा दुईतले बस चलाउने साहसी नेपाली चेली शान्तिलाई सम्मान

मध्यपूर्वमा दुईतले बस चलाउने साहसी नेपाली चेली शान्तिलाई सम्मान

सोमवार, बैशाख ३ २०८१
  • काठमाडौं । मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मान गरिएको छ । यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका अवसरमा दोसल्ला ओढाई सम्मान गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाजका संस्थापक उपाध्यक्ष एवं विगत चार दशकदेखि यूएईमा रहेका समाजसेवी चन्द्रप्रसाद सापकोटाको हातबाट सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यसैगरी, नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज यूएईका अध्यक्ष नवीन कार्कीलगायतले दोसल्ला ओढाएका थिए ।

    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्द्रप्रसाद सापकोटाले यूएईमा रहेर साहसिक काम गर्दै आफूलाई अग्रस्थानमा ल्याउन सफल तथा निरन्तर कोसिस गर्दा एकदिन अवश्य सफल होइन्छ भन्ने कुरा स्थापित गर्न सफल नेपाली साहसिक चेलीलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

    कार्यक्रममा बोल्दै दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठले विदेशी भूमिमा रहेर अनेकौं बाधा अड्चनलाई पार गर्दै चाहना भए के सम्भव हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्दै हजारौं नेपाली महिलाको प्रेरणाको स्रोत बनी नेपाली महिलालाई सक्षम बन्नका निम्ति दिएको योगदान उदाहरणीय रहेको उल्लेख गर्दै उनलाई सम्मान गर्न पाउँदा गर्व महसुस गरेको बताए ।

    ओखलढुंगा जिल्लामा जन्मिएकी शान्तिले सन् २०१५ देखि य्एईमा रहेर आफ्नो रोजगारीको सिलसिलामा ब्युटीसियनदेखि मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला बन्दै मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार