Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारी : धनुषाबाट सबैभन्दा धेरै, मनाङ कम

वैदेशिक रोजगारी : धनुषाबाट सबैभन्दा धेरै, मनाङ कम

गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् ।

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा धनुषाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका छन् ।

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ७७  जिल्लामध्ये धनुषाबाट सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा गएका हुन् । श्रम स्वीकृति लिएर सबैभन्दा कम मनाङबाट गएका छन् ।

    images

    विभागका अनुसार धनुषाबाट वैदेशिक रोजगारीमा जान गत आव ३८ हजार ५ सय ५३ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै झापाबाट कुल ३५ हजार १ सय २४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

    यसैगरी मोरङबाट ३१ हजार १ सय २४, सिरहा ३० हजार २ सय ११, महोत्तरी २८ हजार २ सय २९, रुपन्देही २५ हजार ३ सय ९१, सुनसरी २४ हजार ३ सय ६५, सर्लाही २३ हजार २ सय, सप्तरी २० हजार ५ सय ५९ र चितवनबाट १९ हजार ८ सय ३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

    सबैभन्दा कम श्रम स्वीकृति मनाङबाट भएको छ । गत आव मनाङबाट जम्मा २ सय १७ जनाले मात्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

    त्यसपछि मुस्ताङ २ सय ४४, डोल्पा ६ सय १४, हुम्ला ६ सय ४३, डोटी १ हजार १ सय ६५, कालीकोट १ हजार २४, जुम्ला १ हजार ३ सय ९४, रसुवा १ हजार ७ सय ७१, रुकुम पश्चिम २ हजार १ सय ६६, डडेल्धुरा २ हजार ३ सय १९ र दार्चुलाबाट २ हजार ३ सय ५३ जनाले श्रम स्वीकृति लिएका छन् ।

    विभागका अनुसार गत आर्थिक वर्षभर वैदेशिक रोजगारीका लागि कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन् । पुन: श्रम स्वीकृति हटाउँदा नयाँ श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६ हजार ४०४ रहेको विभागको तथ्यांकले देखाएको छ ।

    तथ्यांक अनुसार तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको संख्या उच्च देखाएको छ भने हिमाली तथा कम जनसंख्या भएका जिल्लाबाट भने श्रम स्वीकृति लिनेको संख्या न्यून छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार