Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सेतो बाकसमा फर्किए राजु

सेतो बाकसमा फर्किए राजु

आइतवार, आषाढ १६ २०८१
  • यूएई । सोचे जस्तो काम अनि मनग्य पैसा कमाउने उदेश्यले केही समयअघि मात्र भिजिट भिसामा यूएई छिरेका तनहुँका २५ वर्षीय राजु गुरुङ अन्तत: सेतो बाकसमा घर फर्किए । वैदेशिक रोजगारीका लागि मोटो रकम तिरेर भिजिट भिसामा यूएई पुगेका राजुको धेरै पैसा कमाउने र घरपरिवारलाई सुख सुविधामा राख्ने, सपना गर्भमै तुहियो ।  उनको त्यो सपना पूरा भएन ।

    उनको डेंगुका कारण गत महिना मृत्यु भयो । विदेश जाँदा ऋण काढेर गएका उनी फर्किन पनि त्यतिकै सकस भयो । उनको शव अलपत्र परेपछि नेपाल एसोसिएसन एनआरएनए एनसीसी यूएईलको पहलमा र अवुधाबीस्थित नेपाली दूतावासको समन्वय बल्ल–बल्ल नेपाल आइपुग्यो ।

    images

    मृत्यु कहिल्यै सहज हुँदैन । परदेशको मृत्यु त झनै पीडादायी हुन्छ । धन कमाएर परिवारलाई खुसी दिने आशमा परदेसिएका धेरै नेपाली विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेश उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।

    गाउँघरमा भएका घरजग्गा धितो राखी ऋण खोजेर, विदेश पुगेका नेपाली यसरी शवका बाकसमा घर फर्कनेको संख्या दिनानुदिन बढ्दो छ । एजेन्ट मार्फत अवैध बाटो हुँदै खाडी लगायत अन्य विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । जसको कारण त्यहाँ बिरामी वा मृत्यु भएको खण्डमा उनीहरुको उद्धार हुन सक्दैन । 

    त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । आर्थिक अभावका कारण कतिको शव स्वदेश फर्काउन नसक्दा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार