Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली विदेशिए

गत आर्थिक वर्षमा ७ लाख ९२ हजार बढी नेपाली विदेशिए

वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८० जना (पुनः श्रम स्वीकृतिसहित) पुगेका छन् ।

सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् ।

    जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

    images

    विभागको तथ्यांकअनुसार म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । गत वर्ष म्यानपावरहरूले २ लाख ६८ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए भने १ लाख २८ हजार ५ सय २० जना व्यक्तिगत श्रम स्वीकृति लिएर गएका थिए । गत वर्ष जी–टु–जी मार्फत ८ हजार १ सय ९७ जना गएका थिए ।

    म्यानपावरहरूले अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जनालाई वैदेशिक रोगजारीमा पठाएका थिए । जुन गत आर्थिक वर्षको तुलनामा ९० हजार ६ सय ८५ ले कमी हो ।

    वैदेशिक रोजगारीमा जानेहरूमा सबैभन्दा बढी यूएईमा १ लाख ८३ हजार ५ सय ८० (पुनः श्रम स्वीकृतिसहित), मलेसियामा १ लाख २८ हजार ७ सय ५३, कतारमा १ लाख २१ हजार २ सय ३० जना, साउदी अरेबियामा १ लाख २३ हजार ७ सय १९ जना रहेका छन् ।

    ती बाहेक कुवेतमा ४३ हजार ३ सय ६०, रोमानिया ३३ हजार ३ सय ६०, जापानमा २२ हजार २ सय ६६ जना गएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार