Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह

कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह

सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षा र सतर्कताका लागि आग्रह गरेको छ।

    राजदूतावासले कुवेत तथा इराकका आधिकारिक निकायबाट जारी हुने सूचना, निर्देशन र समाचार मात्र विश्वास गरी त्यसको पूर्ण पालना गर्न तथा अफवाहको पछि नलाग्न आग्रह गरेको हो।

    images

    साथै अफवाहपूर्ण सामग्री सामाजिक सञ्जालमा साझा नगर्न पनि अनुरोध गरिएको छ। त्यसैगरी, सम्बन्धित सरकारले प्रतिबन्ध लगाएका कुनै पनि गतिविधिमा संलग्न नहुन र अरूलाई पनि त्यस्ता कार्य नगर्न प्रेरित गर्न राजदूतावासले आग्रह गरेको छ।

    राजदूतावासले कुवेत सरकारले जारी गरेको सुरक्षा निर्देशनअनुसार आकाशमा देखिने हवाई आक्रमण वा प्रतिरक्षा सम्बन्धी गतिविधि तथा घटनास्थलका तस्बिर वा भिडियो नखिच्न र सामाजिक सञ्जालमा साझा नगर्न  भनेको छ।

    यसका साथै, कुनै अपरिचित वा शङ्कास्पद वस्तुको नजिक नजान, साइरन बजेको अवस्थामा बाहिर भए नजिकको सुरक्षित भवनभित्र प्रवेश गर्न तथा भवनभित्र भए सुरक्षित स्थानमै बस्न, सिसाको झ्याल वा बार्दली नजिक नबस्न आग्रह गरिएको छ।

    कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा वा अन्य आवश्यक सहयोग परेमा नेपाली राजदूतावास, कुवेतमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।

     

    742760003_1348294086757935_8076714790063717698_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार