Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चिनियाँ उपविदेशमन्त्रीसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने– अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुन चीनको सहयोग आवश्यक पर्छ

चिनियाँ उपविदेशमन्त्रीसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने– अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुन चीनको सहयोग आवश्यक पर्छ

मंगलवार, आषाढ ११ २०८१
  • प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । 

    सिंहदरबारमा सोमबार भएको भेटमा द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । 

    images

    भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक, सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेका थिए । 

    उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।

    जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए । उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नेपाल आएका थिए ।

    भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिती रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारीहरू सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार