Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बैदेशिक रोजगार

पास भएका उम्मेदवारलाई प्राथमिता, अपुग कोटाबारे पछि निर्णय

पास भएका उम्मेदवारलाई प्राथमिता, अपुग कोटाबारे पछि निर्णय

मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ  ।  इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि माग गरिएका मध्ये अपुग रहेका करिब एक हजार एक सय कोटाका सम्बन्धमा पछि निर्णय हुने भएको छ।

    इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पास भएका युवालाई छिटो पठाउने तयारी द्रुत गतिमा गर्नुपर्ने भएकाले अपुग युवाका बारेमा के गर्ने भन्नेबारे तत्काल निर्णय हुन नसकेको हो। वैदेशिक रोजगार विभागका एक अधिकारीका अनुसार पास भएका एक हजार २०० युवाको नाम इजरायल पठाइसकेपछि इजरायलले केही समयपछि निर्णय गर्ने अनुमान रहेको छ। पास भएकाहरूको आवेदन माग गर्दा मापदण्ड पूरा नभएका एक हजार चार सयभन्दा बढी आवेदन परेको थियो। यी आवेदनको स्क्रिनिङ गर्न धेरै समय लागेका कारण हालसम्म आधा आवेदन पनि परीक्षण हुन सकेको छैन।

    images

    दुई हजार तीन सय मागमध्ये अनुमानित अपुग माग संख्या एक हजार एक सयको हकमा के गर्ने भन्नेबारे छिटो निर्णय नभएकोमा युवाहरूले चासो व्यक्त गरेका छन्।

    परीक्षामा सहभागी भएर प्राविधिक कारणले असफल भएका युवाले भने समग्र बी वान आउनेलाई पनि लट्री गरेर छनोट गर्नुपर्ने माग गर्दै आएका छन्। इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि कामदार छनोट गर्न माग गरिएको आवेदनमा मापदण्ड नपुगी आवेदन दिनेको संख्या बढी भएपछि फाइल स्क्रिनिङमा समय लाग्ने भएको छ।

    पास भएका युवालाई छिटो पठाउने तयारीसहित वैदेशिक रोजगार विभागले द्रुत गतिमा काम गरिरहेको छ। सीमित कर्मचारीले अन्य दैनिक कामसहित आवेदनको स्क्रिनिङको समेत काम गर्नु पर्दा कार्य चाँप बढेको छ। भाषा परीक्षामा १५ हजार ६२६ जना सहभागीमध्ये पास भएका एक हजार २३१ जनाको आवेदन परीक्षण गर्ने काम द्रुत गतिमा भइरहेको विभागका एक अधिकारीले बताए।

    इजरायलले दुई हजार तीन जनाको माग गरे पनि हाललाई पास भएका युवालाई प्राथमिकता दिएर पठाउने तयारी गरिएको हो। नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार कुल दुई हजार ३०० नेपाली कामदारको माग गरिएको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ९२० जना पुरुष तथा ६० प्रतिशत अर्थात् १ हजार ३८० जना महिलाका लागि कोटा निर्धारण गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार