Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार व्यवसायी संघ

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज

नेतृत्वका लागि भूर्तेल, खत्री र पाण्डे प्यानलसहित प्रतिस्पर्धामा

आइतवार, जेठ २४ २०८३
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्न आज विशेष साधारणसभा तथा निर्वाचन हुने भएको छ । संघको विधानबमोजिम साधारणसभा तथा निर्वाचन प्रयोजनका लागि गठित प्रबन्ध समितिले आज बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारणसभा तथा निर्वाचनको कार्यक्रम हुने जानकारी दिएको छ ।

    भुवनसिं गुरुङ नेतृत्वको कार्यसमिति आन्तरिक विवादका कारण कार्यकाल पूरा नहुँदै विघटन भएपछि विशेष साधारणसभामार्फत नयाँ नेतृत्व चयन गर्न लागिएको हो । निर्वाचनमार्फत संघको अध्यक्षसहित सात जना पदाधिकारी र १० सदस्य गरी १७ जनाको कार्यसमिति निर्वाचित गरिने समितिका संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए ।

    images

    संघको अध्यक्ष पदमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनबाट मेघनाथ भूर्तेल, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट डिकबहादुर खत्री (कुमार) र स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहबाट हरिबहादुर पाण्डे संघको नेतृत्व लिन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    भण्डारीका अनुसार निर्वाचनमा सहभागी हुन ७७४ व्यवसायीले प्रतिनिधि दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि तीनवटा प्यानलबाट ५१ जनाको उम्मेदवारी परेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार