Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कुवेतमा रहेकी एक नेपाली महिलाको मृत्यु

कुवेतमा रहेकी एक नेपाली महिलाको मृत्यु

शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ जातोडाँडाकी पोतेमाया वाइबाको वैदेशिक रोजगारीका क्रममा कुवेतमा निधन भएको छ।

    परिवारको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेर करिब डेढ वर्षअघि कुवेत गएकी वाइबाको मृत्यु भएको खबर परिवारले करिब १८ दिनपछि मात्रै पाएको जनाएको छ। हालसम्म उनको मृत्युको वास्तविक कारण खुल्न नसकेको परिवारले बताएको छ।

    images

    परिवारका अनुसार पोतेमायाको शव अझै नेपाल ल्याउन सकिएको छैन। शव स्वदेश ल्याउन आवश्यक पहल गरिदिन परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार