Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ब्राउनसुगर सहित एक महिला पक्राउ

ब्राउनसुगर सहित एक महिला पक्राउ

बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । बुधबार बिहान चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६ ग्राम सहित झापा बिर्तामोड नगरपालिका–४ बस्ने ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    images

    पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार