Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एभरेष्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

एभरेष्ट बैंकमा रोजगारीको अवसर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बिहिवार, जेठ ३१ २०८१
  • काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले केहि सीमित संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै टेलर पदका लागि कर्मचारी माग गरेको हो । बैंकले काठमाडौँ उपत्यका बाहिरका ब्रान्च तथा कार्यालयका लागि उक्त पदमा कर्मचारी माग गरेको हो ।  

    यो पदका लागि आवेदन दिन इच्छुक फ्रेसर आवेदकको उमेर २८ वर्ष नकटेको र २ वर्ष बैंकिङ कार्यानुभव भएकाको उमेर भने ३० वर्ष नकटेको हुनु पर्नेछ । आवेदकको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा उत्तिण गरेको हुनुपर्नेछ । 

    images

    आवेदकले न्यूनतम ६० प्रतिशत अंक वा २।८ सीजीपीए हासिल गरेको हुनुपर्नेछ । साथै राम्रोसँग नेपाली र अंग्रेजीमा लेख्नरबोल्न सक्ने,कम्प्युटरको राम्रो ज्ञान भएको र वाणिज्य बैंकमा काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।    

    सम्बन्धित प्रदेशका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।  इच्छुक तथा योग्य आवेदकले आगामी असार १२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।   

    1.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार