इरानी मिसाइल आक्रमणको क्रममा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको शव स्वदेश फिर्ता भएको छ । तामाङको शव रहेको कफिन शनिबार मध्यराति कुवेत एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल ल्याइएको हो ।
सन् २०२२ देखि खाडीमा चालकको रूपमा कार्यरत तामाङको बिहीबार उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणका क्रममा ज्यान गएको थियो ।












