Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

लेबनानमा इजरायली आक्रमणमा परी ३९ जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमणमा परी ३९ जनाको मृत्यु

आइतवार, बैशाख २७ २०८३
  • काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो भीषण आक्रमणमा थप ३९ जनाको ज्यान गएको छ। दक्षिण लेबनानको सक्सकिया सहरमा भएको इजरायली आक्रमणमा एक बालिकासहित कम्तीमा ७ जनाको मृत्यु भएको छ र १५ जना घाइते भएका छन्। इजरायली सेनाले आफूले हिजबुल्लाहका लडाकुहरूलाई लक्षित गरेको र सर्वसाधारणको क्षतिबारे सचेत रहेको बताएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नबातियामा एक सिरियाली नागरिक र उनकी १२ वर्षीया छोरी सवार मोटरबाइकमा ड्रोनले तीन पटकसम्म प्रहार गरेको थियो। यस आक्रमणमा बाबुको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भई उपचाररत छिन्।

    images

    हिजबुल्लाहले उत्तरी इजरायलमा ड्रोन आक्रमण गर्दा तीन इजरायली सैनिक घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा इजरायल र लेबनान सरकारबीच युद्धविराम सम्झौताको घोषणा गरे तापनि दुवै पक्षबीच गोलीबारी जारी छ।

    मार्च २ देखि यता लेबनानमा २,७९५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो एक हप्तामा मात्रै १२३ भन्दा बढी मानिस मारिएका छन्। इजरायली सेनाले लेबनानको सीमा क्षेत्रमा १० किलोमिटरको क्षेत्र कब्जा गरी सुरक्षा क्षेत्रु बनाउने प्रयास गरिरहेको छ। यस क्रममा धेरै गाउँहरू ध्वस्त भएका छन्, जसलाई अधिकारवादी संस्थाहरूले युद्ध अपराधु हुन सक्ने बताएका छन्।

    दक्षिण लेबनान र उत्तरी इजरायलमा गरी हालसम्म १७ इजरायली सैनिक र ३ सर्वसाधारणको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार