Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश चलचित्र ‘लालीबजार’ विवाद

चलचित्र जाँच समितिले गरेकाे निर्णयको फाइल झिकाउने आदेश चलचित्र ‘लालीबजार’ विवाद

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौँ । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ प्रदर्शनमा रोक विरूद्ध दायर रिटमा चलचित्र जाँच समितिबाट अनुमति दिने गरी भएको निर्णयको फाइल झिकाउने आदेश दिएको छ। 

    मङ्गलबार न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले चलचित्र जाँच समितिबाट कागज झिकाउँदै छलफलका लागि वैशाख २३ गते पेसी तोकेको छ।

    images

    अदालतले १५ वैशाखमा तत्कालको लागि प्रदर्शन रोक्न आदेश दिएको थियो । अदालतले वादी र प्रतिवादी दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो।

    रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवादमा आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन् । मुद्दामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

    १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको यम थापा निर्देशित फिल्म अदालतको आदेशले रोकिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार