Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रोमान्टिक अवतारमा देखिए निखिल

रोमान्टिक अवतारमा देखिए निखिल

मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ ।

    गीतमा निखिलसँगै सजिना श्रेष्ठ फिचर्ड छन् । एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई गीतमा रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

    images

    युग भुसालको शब्द संगीत रहेको गीतमा गौराङ्गा शेखर शर्माको र ज्योत्स्ना जौडाको स्वर छ । ‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय छ ।

    फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरिरहेको फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै छ।

    फिल्म आगामी असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउँदैछ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार