Oct 28 2026 | २०८३ कार्तिक १२ गते

फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड

फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । फिल्म ‘गौँथली’ ले पहिलो सातामै साढे ७ करोडको व्यवसाय गर्न सफल भएको छ।चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति दश बजेसम्मको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस रहेको छ। फिल्मलाई सो अवधिमा २ लाख ६० हजार २५४ जनाले हरेका छन्।

    साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म गीतकार तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । योसँगै ‘गौँथली’ यस वर्षको सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ । पहिलो स्थानमा ‘जात्रा’ समूहको फिल्म ‘लालीबजार’ छ, जसले ९ करोड ३२ लाख रुपैयाँ ग्रस व्यापार गरेको थियो । यो फिल्मको रेकर्ड ‘गौँथली’ले यसै साता तोड्ने निश्चित देखिएको छ।किनभने फिल्मले यो साता झन् आक्रमक व्यवसाय गरिरहेको छ।

    images

    सुरुमा करिब २ सय शो पाएको ‘गौँथली’ ले अहिले २५० भन्दा माथि शो पाइसकेको छ।अधिकांश शोमा दर्शकको चाप उच्च रहँदा व्यापारिक रिपोर्ट उत्साहप्रद रहेको छ।पहिलो दिन औसत देखिएको हलमा त्यसपछिका दिनमा अकुपेन्सी बढेर हाउस फूलसम्म हुँदै आएको छ।

    कलाकारसहितको टिम अहिले पनि हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेको छ।काठमाडौं उपत्यकासहित कलाकारहरू मोफसलका हल पुगेर दर्शकलाई भेटिरहेका छन्।दर्शकले मौलिक चलचित्र भन्दै तारिफ गरिरहेका छन्।

    फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय छ।

    डा.भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा.कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

    घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडीले गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार