Oct 30 2026 | २०८३ कार्तिक १४ गते

१२५ डलरमाथि उक्लियो ब्रेन्ट क्रुडको भाउ

१२५ डलरमाथि उक्लियो ब्रेन्ट क्रुडको भाउ

बिहिवार, बैशाख १७ २०८३
  • काठमाडौँ । विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै गएको छ । कच्चा तेलको अन्तर्राष्ट्रिय मापदण्ड ब्रेन्ट क्रुडको भाउ बिहीबार बिहान प्रति ब्यारेल १२५ डलरभन्दा माथि पुगेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहहरूमा नौ सैनिक नाकाबन्दी अझ लम्ब्याउने विषयमा विचार गरिरहेको अवस्थामा तेलको मूल्यमा यस्तो उछाल आएको हो ।

    images

    जुन महिनाको डेलिभरीको ब्रेन्ट कच्चा तेल सम्झौता पहिले नै युद्धकालीन उच्च स्तरमा पुगेको थियो । तर बुधवार दिउँसोसम्म यसले १२ प्रतिशतभन्दा धेरैले बढेर १२५ डलर नाघ्यो ।

    त्यस्तै अमेरिकी मापदण्ड वेष्ट टेक्सास इन्टरमिडियट डब्ल्यूटीआई) ३ प्रतिशतभन्दा बढीले बढेर ११० डलरभन्दा माथि पुगेको छ । अमेरिकामा इन्धन चार वर्षयताकै महँगो भएको बेलामा विश्व बजारमा कच्चा तेल मूल्य बढिरहेको छ ।

    यसैबिच अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता असफल भएपछि तेल आपूर्तिको मुख्य मार्ग मानिने स्ट्रेट अफ होर्मुज अझै प्रभावकारी रूपमा बन्द रहेको छ ।

    स्रोतका अनुसार ट्रम्प र उनका प्रमुख सल्लाहकारबीच भएको बैठकपछि इरानी बन्दरगाहहरूमा अमेरिकी नौ सैनिक नाकाबन्दी जारी राख्ने तथा होर्मुज जलमार्ग लामो समयसम्म बन्द गर्ने तयारी भइरहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार