Oct 30 2026 | २०८३ कार्तिक १४ गते

५७ दिनपछि तेहरानको मुख्य विमानस्थलमा उडान पुनः सुरु

५७ दिनपछि तेहरानको मुख्य विमानस्थलमा उडान पुनः सुरु

बुधवार, बैशाख १६ २०८३
  • काठमाडौँ  । इरानको राजधानी तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलमा ५७ दिनको बन्दपछि पुनः उडान सञ्चालन सुरु भएको छ । युद्धका कारण बन्द गरिएको हवाई क्षेत्र केही दिनअघि मात्रै खुलाइएपछि सीमित रूपमा उडानहरू पुनः सुरु भएका हुन् ।

    सामान्य अवस्थामा दैनिक १०० देखि १५० उडान सञ्चालन हुने यस विमानस्थलमा अहिले भने करिब १० देखि १५ उडान मात्रै भइरहेका छन् । यात्रु आवागमन बिस्तारै बढ्दै गएको देखिए पनि अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन ।

    images

    आन्तरिक उडानका लागि प्रयोग हुने तेहरानको अर्को विमानस्थल मेहराबाद विमानस्थल युद्धका क्रममा पटक–पटक आक्रमणमा परेको थियो । त्यसैगरी तब्रिज र उर्मियालगायत क्षेत्रका विमानस्थलहरू पनि लक्षित भएका थिए ।

    सङ्घर्षका क्रममा केही नागरिक विमानहरू क्षतिग्रस्त भएको बताइएको छ । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धको असर झेलिरहेको इरानको उड्डयन क्षेत्रका लागि यो थप ठुलो क्षति भएको छ । 

     

     

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार