Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार

कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार

शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौँ । राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपालीको उद्धार गरिएको छ।

    अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको हो।

    images

    बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार सम्भव भएको हो ।

    दूतावासका अनुसार दलालको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरू भिसा अवधि सकिएपछि पनि लुकिछिपी बस्न बाध्य थिए। दूतावासले कम्बोडियामा यस्तै कठिन परिस्थितिमा अलपत्र परेका अन्य नेपालीहरूको पनि खोजी तथा स्वदेश फर्काउने पहल निरन्तर भइरहेको विज्ञप्तिमा जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार