Oct 30 2026 | २०८३ कार्तिक १४ गते

इजरायल–इरान युद्ध

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

आइतवार, फाल्गुण १७ २०८२
  • काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । इरानको सरकारी टेलिभिजनले आयतुल्लाह अली खामेनेईको निधन भएको पुष्टि गरेको हो ।

    इरानमा उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भइसकेको बताएका छन्। आइतबार बिहान सबेरै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए।

    ट्रम्पले लेखेका छन्, “इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनेई अब जीवित छैनन्।”

    शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार