Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन २३ जुन, २०२४ मा हुँदै

प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन २३ जुन, २०२४ मा हुँदै

मंगलवार, जेठ २९ २०८१
  • अष्ट्रिया । प्रवासी मञ्च अष्ट्रियाको अधिवेशन २३ जुन, २०२४ मा हुने भएको छ । यसको लागि सम्पूर्ण व्यवस्थापनको काम सकिएको मंचका अध्यक्ष डि आर नेपालले जानकारी दिए ।

    मञ्चको ७ औँ अधिवेशनमा भाग लिनको निम्ति प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापा, यूरोप इन्चार्ज तथा सचिवालय सदस्य भक्त बहादुर वाग्ले, बेल्जियम राष्ट्रिय कमिटी अध्यक्ष विनोद न्यौपाने, नेदरल्याण्ड राष्ट्रिय अध्यक्ष केशव राज पाण्डे, केन्द्रीय सदस्य सन्तोष भट्टराई तथा यूरोप संयोजक मुक्त बहादुर गुरुङ, केन्द्रीय सदस्य तथा अष्ट्रीया इन्चार्ज सरस्वती केसी र सचिव शालिक थपलिया, माल्टा संस्थापक अध्यक्ष सत्य झा लगायतकाहरूको उपस्थित रहने जानकारी नेपालले दिए । 

    images

    अधिवेशनमा अष्ट्रियाको लागि नेपाली राजदूत भरत कुमार रेग्मी, गैरआवासीय नेपाली संघ अष्ट्रीयाका अध्यक्ष तथा भियनास्थित वैचारिक संगठनका अध्यक्षहरू तथा समाजका लब्ध प्रतिष्ठित साथै व्यावसायिक–समाजसेवीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको हो । 

    Delights of India, Untere Augartenstra 10, 1020 Vienna मा सम्पन्न हुने अधिवेशनको निम्ति “सबल प्रवासी  समृद्धि नेपाल – सामाजिक रुपान्तरण हाम्रो अभियान” भन्ने तय भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार