Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अन्तर्राष्ट्रिय समाचार

हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

बिहिवार, आश्विन २३ २०८२
  • एजेन्सी । हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जीवित रहेको यकिन भएको छ।

    अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इसराइल र हमासबीच युद्धविराम सम्झौताबारे जानकार एक अधिकारीसँग कुराकानी गर्दै बन्धक रहेकामध्ये २० जनामात्रै जीवित रहेको पुष्टि गरेको हो।

    images

    'हाल २० जना बन्धकहरू जीवित छन्। उनीहरूलाई सम्भवतः आइतबार हमासले एकसाथ रिहा गर्नेछ,' ती अधिकारीले टाइम्ससँग भनेका छन्।

    मृतक २८ जनालाई भने हमासले चरणबद्ध रुपमा इसराइलको जिम्मा लगाउनेछ।

    'शव पहिचानका लागि समय लाग्ने भएकाले मृतक बन्धक हस्तान्तरण गर्न केही समय लाग्न सक्छ,' ती अधिकारीले भनेका छन्।

    सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २५१ जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

    झन्डै २ वर्षको अवधीमा पटकपटक भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०३ जना बन्धक यसअघि नै छाडिसकेको छ। बिहीबार बिहान इसराइल र हमासबीच पुनः सम्झौता भएसँगै बाँकी बन्धकहरु चाँडै छुट्ने आकलन गरिएको छ।

    नेपालका विपिन जोशी पनि हमासकै कब्जामा छन्। दुई वर्ष अगाडि खिचिएको उनको भिडिओ सार्वजनिक भएको छ। युद्धविराम सम्झौता चार दिनदेखिको लगातार छलफलको परिणाम हो।

    इजिप्टमा सोमबारदेखि सुरू भएको अप्रत्यक्ष वार्तामा अमेरिका, टर्की, इजिप्ट र कतारले मध्यस्थता गरेका थिए। गएराति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व हेर्ने दूत स्टिभ विटकोफ र आफ्नो ज्वाइँसमेत रहेका यसअघिका मध्यपूर्व सल्लाहकार जारेड कुश्नरलाई इजिप्ट पठाएका थिए।

    युद्धविरामका लागि ट्रम्पले २० बुँदे खाका तयार पारेर छलफलका लागि मध्यस्थकर्ताहरुलाई दिएका थिए। सम्झौता भएपछि ट्रम्पले आजको दिनलाई विशेष दिन भनेका छन्।

    सहमति अनुसार ७२ घन्टाभित्र सबै बन्धकहरु हमासले छाड्नुपर्नेछ। अक्टोबर ७, २०२३ मा बन्धक बनाएर गजा पुर्‍याइएका २५१ जनामध्ये अझै ४८ जना बन्धकहरू हमासकै नियन्त्रणमा छन्। तीमध्ये २० जना जीवित रहेको अनुमान छ।

    इसराइलले युद्धविराम सम्झौता भएको विषय मन्त्रिपरिषदमा लैजान्छ। त्यहाँबाट पारित भएपछि सहमतिअनुसार प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने रोयटर्सले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार