काठमाडौं । नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।
विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।
विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गरे । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँ नयाँ प्रतियोगिताहरू सुरु भएका छन् । नेपाल आइडल सधैँ हिरो कार्यक्रमका रूपमा रहनेछ”, उनले भने ।



