Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

साउनमा ६८ हजारभन्दा बढी नेपाली विदेशीए

साउनमा ६८ हजारभन्दा बढी नेपाली विदेशीए

‘साउन महिनामा ५८ हजार ९ सय ४८ पुरुष र ९ हजार १ सय ६२ महिला कामदारको विदेशीएका हुन्’

शुक्रवार, भाद्र ६ २०८२
  • काठमाडौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि ६८ हजार भन्दा बढी नेपालीहरु विदेशीएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार म्यानपावर कम्पनी, व्यक्तिगत नयाँ र पुनः श्रम स्वीकृतिमार्फत ६८ हजार १ सय १० जना कामका लागि वैदेशिक रोजगारीमा गएका हुन् ।

    images

    विभागको तथ्यांकमा पुरुष कामदारको संख्या ५८ हजार ९ सय ४८ र महिला कामदारको संख्या ९ हजार १ सय ६२ रहेकोे छ ।

    साउनमा म्यानपावर कम्पनीमार्फत ३१ हजार ८ सय ३० जना वैदेशिक रोजगारीमा गएकोमा पुरुष कामदारको संख्या २९ हजार १ सय ३० र महिला कामदारको संख्या २ हजार ७ सय रहेको छ । व्यक्तिगत नयाँ श्रम स्वीकृतिमार्फत ११ हजार ७ सय ७२ जना गएकोमा पुरुषको संख्या ८ हजार ५ सय ४७ र महिलाको संख्या ३ हजार २ सय २५ रहेको छ । रिइन्ट्रीमार्फत २३ हजार ६ सय ४४ जना गएकोमा पुरुषको संख्या २० हजार ५ सय ४७ र महिलाको संख्या ३ हजार ९७ रहेको छ ।

    साउनमा सरकारले पठाउने इपिएस कोरिया, इजरायल र बेलायतमा ८ सय ६४ जना गएका छन् 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार