Oct 28 2026 | २०८३ कार्तिक १२ गते

इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण

इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न चार अस्पताल सूचीकरण

सोमवार, भाद्र २ २०८२
  • काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि चार वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ ।

    उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेशअनुसार विज्ञ समितिको सिफारिसका आधारमा चारवटा स्वास्थ्य संस्था सूचीकरण गरिएको मन्त्रालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । 
     
    सूचीकरणमा परेका स्वास्थ्य संस्थाहरुमा स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा. लि. छन् ।  नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।

    images

    उच्च अदालत पाटनले वैदेशिक रोजगारीका लागि इजरायल जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा स्वास्थ्य संस्थालाई सूचीकरण गर्न परमादेश आदेश दिएको थियो । आदेशअनुरूप मन्त्रालयले चार संस्थालाई मात्र सूचीकरण गरी एक संस्थाको प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार