काठमाडौं । गैर आवासीय नेपाली संघ नेपाल एसोसिएशन (एनआरएनए) एनसीसी यूएईका महासचिव भुवन कुमार वाग्ले निलम्बनमा परेका छन्।
संस्थाको हित विपरीत काम गरेको भन्दै महासचिव वाग्ले निलम्बित भएका हुन्।
संस्थाले आज एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि संघको कार्यप्रणाली, आचारसंहिता, मर्यादा र दायित्वको उल्लंघन गरेको भन्दै नेपाल एसोसिएशन (एनआरएनए) एनसीसी यूएईको विधान २०६२ को धारा ३५ को आधारमा कारबाही गरिएको जनाएको छ।
संस्थाको अध्यक्ष विकास शाहीद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा आजैको मिति अर्थात (३० जुलाई २०२५) देखि निज वाग्लेलाई नेपाल एसोसिएशन (एनआरएनए) एनसीसी यूएईको सबै प्रकारको पद, जिम्मेवारी र अधिकारबाट पूर्ण रूपमा निलम्बन गरिएको जनाइएको छ ।
साथै आजैको मितिबाट निजले गरेका कुनैपनि गतिविधी बारे संस्था जिम्मेवार नहुने उल्लेख गरिएको छ। यसैगरि उनी आवद्ध नेकपा माओबादी (केन्द्र) निकट प्रवास संगठन जनप्रगतिशिल मन्च यूएईले पनि आज एक विज्ञप्ति जारी गर्दै कुनै पनि पदमा नरहने गरि कारबाही गरेको छ।



