Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

ओमानको जेलमा २५ नेपाली, अधिकांश वित्तीय ठगीमा संलग्न

ओमानको जेलमा २५ नेपाली, अधिकांश वित्तीय ठगीमा संलग्न

जसमा ३ महिला र २२ जना पुरुष छन्

सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । धन कमाएर परिवार पाल्ने सपना लिएर ओमान पुगेका नेपालीहरूमध्ये २५ जना जेल जीवन बिताइरहेका छन् । मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विशेषकुमार साहका अनुसार २५ जना नेपाली ओमानको विभिन्न जेलमा रहेका छन् । जसमा ३ महिना र २२ जना पुरुष छन् ।

    उनीहरूमध्ये अधिकांश वित्तीय ठगीसम्बन्धी केसका छन् । ‘अन्य केही जरिमानासम्बन्धी मुद्दामा जेलमा रहेका छन्, व्यक्तिको स्वार्थका कारण थोरै समयमा धेरै पैसा कमाउने लोभमा नेपालीहरू फस्ने र जेल पर्ने गरेका छन्,’ उनले भने । दूतावासले केही गर्नुपर्छ भन्ने उद्देश्य लिएर ओमन आएकाले गैरकानुनी काम नगरी घर परिवारलाई सम्झिएर काम गर्न पनि अनुरोध गरेको छ ।

    images

    योजनाअनुसार स्वदेश फर्किने नेपालीका लागि तोकिएको जरिमाना शुल्क पूर्णरूपमा माफ गरिएको छ । यो योजना आगामी ३१ जुलाईमा समाप्त हुनेछ ।

    यस्तै अहिले ओमान सरकारले भिसाविहीन भई गैरकानुनी रूपमा बसेका नेपालसहितका आप्रवासी श्रमिकलाई तीनमहिने आममाफी कार्य चलिरहेको भन्दै तोकिएको समयमा घर फर्कन अनुरोध गरेको छ । ओमानको श्रम मन्त्रालयले छुट अवधिमा स्वदेश फिर्ती योजना अघि सारेको छ ।

    यसअन्तर्गत भिसा सकिएर अवैधानिक रूपमा बसोबास गरिरहेका विदेशी नागरिकलाई जरिमाना मिनाहा गरी स्वदेश फर्किन पाउने अवसर प्रदान गरेको हो । योजनाअनुसार स्वदेश फर्किने नेपालीका लागि तोकिएको जरिमाना शुल्क पूर्णरूपमा माफ गरिएको छ । यो योजना आगामी ३१ जुलाईमा समाप्त हुनेछ ।

    पछिल्लो समय दलालको प्रलोभनमा परी आकर्षक रोजगारी पाउने आसमा भिजिट भिसामार्फत नेपाली महिला त्यहाँ पुगेर उद्धारका लागि हारगुहार गर्दै भिसा विहीन भएर बस्ने गरेका छन् । यो आममाफीको अवसर सदुपयोग गर्न दूतावासले ओमानमा कार्यरत कागजविहीन नेपालीहरूलाई अपिल गरेको छ ।

    राजधानीको लागि यागेन्द्र योगीले लेख्नु भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार