Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्रोएसियाबाट ११ नेपाली ‘डिपोर्ट’

क्रोएसियाबाट ११ नेपाली ‘डिपोर्ट’

बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । क्रोएसिया पुगेका ११ जना नेपाली कामदार  ‘डिपोर्ट’ भएका छन् । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक क्रोएसिया प्रवेश भिसामा अत्यन्तै छोटो अवधिको कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै नेपाल फिर्ता पठाइएको हो ।

    उनीहरूलाई चार दिन अनुसन्धानमा राखेर नेपाल फर्काएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत एवं सूचना अधिकारी अञ्जन न्यौपानेले कामका लागि क्रोएसिया पुगेका उनीहरूको भिसा छोटो अवधिको देखिएपछि त्यहाँका अध्यागमन अधिकारीले शंकास्पद भन्दै पठाएको बताए ।

    images

    फर्किनेहरूमा अमितकुमार विश्वकर्मा, लक्ष्मण मगर, गीता सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, अतित तामाङ, पल्सीन लिम्बू, मनिषा कार्की सुब्बा, शंकर सुनुवार र उपेन्द्रप्रसाद वली रहेका छन् । उनीहरू फ्लाई दुबईको विमानबाट मंगलबार काठमाडौं आइपुगेका थिए ।

    उनीहरू कामदार भिसामा गत असार २१ गते क्रोएसियाका लागि उडेका थिए । क्रोएसियामा विदेशी कामदारहरू मुख्यतया निर्माण, आतिथ्य र यातायात क्षेत्रमा कार्यरत छन् । ती क्षेत्रमा नेपालीसहित फिलिपिन्स र भारतबाट उल्लेखनीय मात्रामा कामदार पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार